× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    सूर्यको वायुमण्डलमा पुग्यो नासाको अन्तरिक्ष यान

    ४ वर्ष पहिले

    मंसिर-२९, अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले पहिलोपटक आफ्नो अन्तरिक्ष यान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ। मंगलबार नासाले आफ्नो ‘पार्कर सोलार प्रोब’ अन्तरिक्ष यान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ।

    सन् २०१८ मा सुर्य तर्फ उडेको यो यानले गत अप्रिलमा नै सूर्यको वायुमण्डल बाहिर उडेको जानकारी दिएको हो ।गत अप्रिलमा भएको यो घटनालाई नासाले अहिले पुष्टि गरेको हो ।

    नासाले सूर्यको विषयमा थप अध्ययनका लागि यो यान पठाएको थियो।उक्त यान सूर्यको निकै नजिकसम्म पुगोस् भन्नका लागि अत्यधिक ताप सहन सक्ने सामग्रीमा राखेर यानलाई सूर्यतर्फ पठाइएको थियो।

    सूर्यको सतहमा यसले छुन सकेको अवस्थामा त्यसबाट निकै महत्वपूर्ण जानकारी पाउन सकिने वैज्ञानिकहरुले बताएका छन्।