३ वर्ष पहिले
मंसिर-२५,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका छन् ।
पौडेलले शनिबार प्रेस विज्ञप्ति मार्फत आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको जनाएका हुन् ।
‘राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ, ’ उनले भनेका छन्, ‘प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु ।’
उनले चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको भन्दै पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा पुगेको बताए ।