३ वर्ष पहिले
मंसिर-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १९ हजार २ सय ५५ जना पुगेको छ ।
२४ घण्टामा ८ हजार १८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख ९६ हजार ३ सय ६६ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ४ सय ३३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ५० हजार ५ सय ७० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार ८ सय ३३ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ७२ जना रहेको छ।
२४ घण्टामा ३ सय २९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ५ हजार ९ सय पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.६६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय २१ जना र भेन्टिलेटरमा ३० जनाको उपचार भईरहेको छ ।