× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा अन्य भू-भागमा मौसम सफा रहने

    ३ वर्ष पहिले

    मंसिर-२३, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

    आज प्रदेश नं १ को भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    त्यसैगरी राती प्रदेश नं १ र प्रदेश नं २ को भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र प्रदेश नं २ का भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।