× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३०४

    ३ वर्ष पहिले

    मंसिर-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १८ हजार ७ सय ६४ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ३ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख ७९ हजार १ सय ८० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ४ सय २४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ४६ हजार १ सय ३१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ५२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार १३ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ३९ जना रहेको छ।

    २४ घण्टामा ३ सय ४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ५ हजार २ सय ५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.६४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय २३ जना र भेन्टिलेटरमा ३० जनाको उपचार भईरहेको छ ।