× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २४६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३४७

    ३ वर्ष पहिले

    मंसिर-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १७ हजार ७ सय ४१ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ४ सय जनाको पिसिआर परीक्षण गर्दा २ सय २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख ४९ हजार ३ सय ९० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ४ सय ३६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ३७ हजार ९ सय ५० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय २१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ५ सय ७९ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ४२ जना रहेको छ।

    २४ घण्टामा ३ सय ४७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ३ हजार ७ सय १६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ७ जना र भेन्टिलेटरमा ३४ जनाको उपचार भईरहेको छ ।