× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ओमिक्रोन संक्रमणको खतरा रहेको भन्दै ९ राष्ट्रबाट नेपाल आउन रोक

    ३ वर्ष पहिले

    मंसिर-१७, सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको खतरा रहेको भन्दै ९ देशबाट नेपाल आउन रोक लगाएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो ।

    बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो।

    शुक्रबार रातिदेखि नै यो निर्णय लागू हुनेछ । यस्तै, अहिले आइरहेका यात्रुको हकमा भने नेपाल आइसकेपछि अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेछ ।