× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    मेस्सीले कीर्तिमान सातौंपटक बालोन डे’ओरको उपाधि जिते

    ४ वर्ष पहिले

    मंसिर-१४, अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मनका फुटबल स्टार लियोनेल मेसीले सोमबार कीर्तिमान सातौंपटक बालोन डे’ओरको उपाधि जितेका छन्। सोमबार राति यस उनलाई सन् २०२१ को उत्कृष्ट खेलाडी घोषणा गरिएको हो।महिलातर्फ भने स्पेनकी एलेक्सिया पुटेलासले बेलन डे’अर अवार्ड जितिन् ।

    सन् २०२१ मा उनले आफ्नो मुलुक अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका थिए। अहिलेसम्म उनले ४० गोल गरेका छन्। जसमध्ये २८ गोल बार्सिलोनाको लागि र चार गोल पीएसजीको लागि गरेका छन्। बाँकी ८ गोल राष्ट्रिय टोली अर्जेन्टिनाको लागि गरेका छन्।

    बालोन डे’ओरको उपाधि विश्वभरका १८० पत्रकारहरुको मतदानको आधारमा वर्षेनी प्रदान गरिँदै आएको छ। यद्यपि गत वर्ष भने कोरोना महामारीको कारण यो उपाधि प्रदान गरिएको थिएन।

    पोल्याण्ड तथा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की स्पर्धामा दोस्रो भए। चेल्सी र इटालीका मिडफिल्डर जोर्गिन्हो तेस्रो भए भने रियल मड्रिड र फ्रान्सका करिम बेन्जेमाले चोथो स्थान हात पारे। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने छैटौं स्थानमा रहे।

    पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ द इयरको उपाधि पाए। उनले सन् २०२१ मा ५३ गोल गरेका छन्। त्यस्तै उत्कृष्ट गोलकिपरको उपाधि इटालीका गियानलुइगी डोजनरुम्बाले पाए। त्यस्तै चेल्सी क्लब अफ द इयर बन्यो।

    मेस्सी सर्वाधिक यस अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन् ।