× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावले देशभर आंशिक बदली रहने

    ३ वर्ष पहिले

    मंसिर-१४, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।देशभर आंशिक बदली रहेको छ ।

    आज दिउँसो देशभर आँशिक बदली रहने छ भने राती सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ ।सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।