× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विश्वमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रास बढ्यो

    ४ वर्ष पहिले

    मंसिर-१२, दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेसंगै विश्वमा नै त्रास बढाएको छ ।

    विश्व स्वस्थ्य संगठनले यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएको बताइरहँदा नयाँ भेरियन्ट ओमिक्रोनले पुनः त्रास सिर्जना गरेको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड-१९ संस्करण बी.१.१.५.२९ लाई ओमिक्रोन नामाकरण गरिएको छ। ओमिक्रोन’लाई डब्लुएचओले भेरियन्ट अफ कन्सर्न को सुचिमा राखेको छ।

    विश्व स्वास्थ्य संगठनले यो नयाँ संस्करणलाई अत्यन्तै चिन्ताजनक रूपमा लिदै उक्त टिप्पणी गरेको छ। ” हाल प्रयुक्त कोरोनाभाइरस खोपहरू नयाँ कोभिड-१९ संस्करण विरूद्ध कम प्रभावकारी हुन सक्ने पनि जनाइएको छ । नयाँ भेरियन्ट “डेल्टा” स्ट्रेन भन्दा पनि बढी सङ्क्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ । यो भेरियन्टलाई वैज्ञानिकहरूले बी.१.१.५२९ को रूपमा चित्रण गरेका छन्।

    यसलाई अहिलेसम्मकै सबैभन्दा धेरै म्युटेसनवाला भेरिएन्ट भएको बताइएको छ। वैज्ञानिकहरुले यसलाई ‘डरलाग्दो म्युटेशन’ हुनसक्ने सबैभन्दा खराब भेरियन्ट भनेका छन्। यसका कारण विश्वभर फेरि संक्रमण बढ्ने चिन्ता गरिएको छ।