× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २९६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३६९

    ३ वर्ष पहिले

    मंसिर-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १३ हजार ८ सय ५३ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख ४६ हजार ३ सय २६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार १ सय ८५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ८ हजार ७ सय ३६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार ६० रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ७५ छ।

    २४ घण्टामा ३ सय ६९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९९ हजार ५ सय ४५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ६ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ३१ जना र भेन्टिलेटरमा ५६ जनाको उपचार भईरहेको छ ।