× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना

    ३ वर्ष पहिले

    मंसिर-३, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली भई बांकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ।

    आज दिउँसो देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बांकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।

    त्यसैगरी राती देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग चेतावनी तथा परामर्श जारी गर्दै नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भू-भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ । सो प्रणालीको प्रभावले देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।