× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    १२ दिनमै पेट्रोल,डिजेल र मट्टितेलमा ३, हवाई इन्धनमा ५ र एलपी ग्यासमा ७५ रुपैयाँ मुल्यवृद्धि

    ३ वर्ष पहिले

    कार्तिक-२५, नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन, अन्तराष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मुल्य एकैपटक बढाएको हो ।

    निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलमा तीन, तथा आन्तरिक तथा बाह्य हवाई इन्धन पाँच तथा एलपी ग्यासको मुल्य प्रति सिलिण्डर ७५ रुपैयाँले बढेको हो ।

    निगमका सह–प्रवक्ता पुस्कर कार्कीले विज्ञप्तीमार्फत जानकारी गराएका अनुसार बुधबार रातिदेखि पेट्रोलको मुल्य एक सय ३६ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय १९ तथा आन्तरिक हवाई ईन्धनको मुल्य एक सय एक र अन्तराष्ट्रि हवाई इन्धनको मुल्य प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ९५ र एलपी ग्यासको मुल्य एक हजार पाँच सय ७५ पुगेको छ ।