४ वर्ष पहिले
कार्तिक-२२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ ।हाल देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली र बाँकि भू-भागमा मौसम सामान्यतय सफा देखि आन्शिक बदली रहेको छ ।
आज दिउँसो देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी राती देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।