× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत एसपी संज्ञा मल्ललाई ‘वर्ष महिला प्रहरी-२०२१’को अवार्ड प्रदान गर्ने

    ३ वर्ष पहिले

    कार्तिक-२१, अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत नेपालकी संज्ञा मल्ललाई संयुक्त राष्ट्रसंघले ‘वर्ष महिला प्रहरी –२०२१’ अवार्ड प्रदान गर्ने भएको छ ।

    उनी कंगोको राजधानी किन्सासमा रहेको मिसनको मुख्यालयमा जनस्वास्थ्य तथा वातावरण इकाई प्रमुख हुन् ।

    इबोला र कोभिड–१९ को महामारी तथा गत मे महिनामा भएको ज्वालामुखी विस्फोटसहितको प्राकृतिक प्रकोपमा मल्लले खेलेको भूमिकालाई सो अवार्ड प्रदान गरिएको उल्लेख छ ।

    उनले कोभिड–१९ संक्रमण रोकथाम तथा अनुकूलनको गाईडलाइन निर्माण गरेकी थिइन् । उनको नेतृत्वमा कोभिड–१९ को माहामारी रोकथामका लागि स्थानीय बासिन्दा, कंगोका सरकारी अधिकारी तथा राष्ट्र संघमा कार्यरतहरुका लागि ३ सयभन्दा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसैगरी, खोपको विषयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

    राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा मंगलबार भर्चुअल माध्यमबाट आयोजना हुने कार्यक्रममा मल्ललाई सो अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।