× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३५६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ५१८

    ३ वर्ष पहिले

    कार्तिक-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ८ हजार ९ सय १० जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार २ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा २ सय ८७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख ४ हजार १ सय ९३ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार १ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ७४ हजार ९ सय ९४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ९० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८ हजार २ सय ३३ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय ५७ छ।

    २४ घण्टामा ५ सय १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९३ हजार ७ सय ७९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.३३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय १५ जना र भेन्टिलेटरमा ५७ जनाको उपचार भईरहेको छ ।