× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ७२६

    ३ वर्ष पहिले

    कार्तिक-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ४५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १ हजार ८ सय ३८ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ५ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ७० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख ५० हजार २ सय २६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ९ सय ६३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ३८ हजार ४ सय ४६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३ सय १५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १० हजार ५ सय ३० रहेको छ भने संस्थागत आइसोलेसनमा ७ सय ८५ छ।

    २४ घण्टामा ७ सय २६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८४ हजार ८ सय ८१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.०३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ८ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय २५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ८८ जना र भेन्टिलेटरमा ९८ जनाको उपचार भईरहेको छ ।