× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ६६२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ७५८

    ३ वर्ष पहिले

    कार्तिक-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ६२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ७ सय ४८ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ३ सय २२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख ४३ हजार ६ सय ४० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ४ सय ४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ३६ हजार ४ सय ८३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ७९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १० हजार ७ सय ७२ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय ७ छ।

    २४ घण्टामा ७ सय ५८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८९ हजार ६ सय ५५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.६६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १३ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय २७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ७६ जना र भेन्टिलेटरमा १ सय ४ जनाको उपचार भईरहेको छ ।