× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५९१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ९३७

    ३ वर्ष पहिले

    कार्तिक-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ९१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९८ हजार ८ सय ९० जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ६ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख २८ हजार ४ सय ७८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार १ सय ४३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ३३ हजार ३ सय ३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८ सय ७४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १० हजार ८ सय ४७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार २७ छ।

    २४ घण्टामा ८ सय ३७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८२ हजार ३ सय ९३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ९ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय २९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ८० जना र भेन्टिलेटरमा ९९ जनाको उपचार भईरहेको छ ।