× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३९१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ६८०

    ३ वर्ष पहिले

    असोज-३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९८ हजार ३ सय ९९ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ९ सय ६६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख २० हजार ८ सय २४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार १ सय ११ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ३१ हजार २ सय ६० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ९७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ११ हजार २ सय ७८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १९ छ।

    २४ घण्टामा ६ सय ८० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.९८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ६ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ८४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ९९ जना र भेन्टिलेटरमा ९८ जनाको उपचार भईरहेको छ ।