× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १०४३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ८९१

    ३ वर्ष पहिले

    असोज-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख १ हजार ९२ हजार २ सय ६७ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार १ सय ६५ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४२ लाख ५६ हजार ८ सय ३३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ३ सय जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख १ हजार ३ सय २ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ९४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १४ हजार ९ सय ७५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार २ सय १९ छ।

    २४ घण्टामा ८ सय ९१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ७२ हजार २ सय २८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.५५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १२ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ९२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय ६७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ३८ जना र भेन्टिलेटरमा १ सय १५ जनाको उपचार भईरहेको छ ।