× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ९६८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १११४

    ३ वर्ष पहिले

    असोज-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ६८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९१ हजार २ सय २४ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ५ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ६२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४२ लाख ४५ हजार ६ सय ३८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ६० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ९७ हजार २ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १५ हजार १ सय १७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १ सय ३१ छ।

    २४ घण्टामा १ हजार १ सय १४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ७१ हजार ३ सय ३८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.५४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ६ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ८१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ३५ जना र भेन्टिलेटरमा १ सय २२ जनाको उपचार भईरहेको छ ।