× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विश्वभर डाउन भएका सामाजिक सन्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब सात घण्टा पछि पुन: सञ्चालनमा

    ३ वर्ष पहिले

    असोज-१९, विश्वभर डाउन भएका सामाजिक सन्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब सात घण्टा पछि पुन: सञ्चालनमा आएको छ ।

    सोमबार राति ९ बजेदेखि अवरुद्ध भएको फेसबुकको फोटो शेयरिङ एप इन्टाग्रामदेखि म्यासेजिङ एप ह्वाट्सएप र म्यासेन्जर पनि बन्द भएका थिए । यसले विश्वभरका करिब दुई अर्ब ७० करोड प्रयोगकर्ताहरू प्रभावित भएका थिए ।

    करिब सात घण्टापछि मात्रै फेसबुक, ह्वाट्सएप, म्यासेञ्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा आएपछि कम्पनीका सीईओ मार्क जुकर्बगले सेवा अवरुद्धको लागि माफी माग्दै सेवा सञ्चालनमा आएको जनाएका छन् ।