× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ८६७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको ११२३

    ३ वर्ष पहिले

    असोज-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ६७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ८८ हजार ५ सय ४७ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४२ लाख २१ हजार ९३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ६ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ८३ हजार ७ सय ११ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ४२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १६ हजार ३ सय ७१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार २ सय ७१ छ।

    २४ घण्टामा १ हजार १ सय २३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ६७ हजार ८ सय १९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.४१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ९ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ५८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ५० जना र भेन्टिलेटरमा १ सय १२ जनाको उपचार भईरहेको छ ।