× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १०६६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ९३८

    ३ वर्ष पहिले

    असोज-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ९८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ८७ हजार ६ सय ८० जना पुगेको छ ।

    २४ घण्टामा १० हजार १ सय १३ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४२ लाख १५ हजार ४ सय ९५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार २ सय ५५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ७८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ८१ हजार ८ ९० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १६ हजार ८ सय ८१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार २ सय ३४ छ।

    २४ घण्टामा ९ सय ३८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ६६ हजार ६ सय ९७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १३ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ४९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ४२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ५४ जना र भेन्टिलेटरमा १ सय १६ जनाको उपचार भईरहेको छ ।