× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ११५७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १११३

    ३ वर्ष पहिले

    असोज-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ५७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ८५ हजार ८ सय ९७ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ६ सय ५२ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ९२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४१ लाख ९६ हजार ८ सय २७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ८९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ७४ हजार ६ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ९३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १६ हजार ८ सय ७८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय १५ छ।

    २४ घण्टामा १ हजार १ सय १३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ६४ हजार ८ सय ४७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ८ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय २४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ४४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ५४ जना र भेन्टिलेटरमा ९९ जनाको उपचार भईरहेको छ ।