× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    क्यानडा मध्यावधि निर्वाचन: प्रधानमन्त्री ट्रुडोको पार्टी सबैभन्दा ठूलो दल

    ३ वर्ष पहिले

    असोज-५, क्यानडाको मध्यावधि निर्वाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सबैभन्दा ठूलो दलको रुपमा जीत हात पारेको छ। तर, संसदमा बहुमत हासिल गर्न भने सकेन।

    चुनावमा लिवरल पार्टीले १ सय ५७ सिटमा जित नजिक छ। यसअघि सन् २०१९ मा भएको निर्वाचनमा पनि उनको पार्टीले यत्ति नै सिटमा जित हात पारेको थियो।

    सन् २०१५ मा भएको चुनावमाबाट सत्तामा गएका ट्रुडोले पछिल्लो पटक अल्पमतको सरकार चलाइरहेकाका छन्। अल्पमतको सरकार भएका कारण उनले मध्यावधि चुनाव गर्ने निर्णय लिए पनि चुनावमा बहुमत प्राप्त गर्न सकेन। यद्यपि आगामी सरकार पनि ट्रुडोकै पार्टीले गठन गर्ने निश्चित भएको छ।

    क्यानडाको संसद् हाउस अफ कमन्समा बहुमतका लागि १ सय ७० सिटमा जित निकाल्नुपर्छ। कन्जरभेटिभ्स पार्टीले १ सय २१ सिटमा जित निकालेको छ। अघिल्लो चुनावमा कन्जरभेटिभ्स पार्टीको पनि यही स्थिति थियो। यो चुनावमा वामपन्थी दल न्यू डेमोक्रेट्सले २९ सिटमा जित हासिल गर्ने देखिएको छ। जुन अघिल्लो पटकको भन्दा ५ सिट बढी हो