

४ आश्विन २०७८, मंगलवार
असोज-५, रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भलाद्मीर पुटिनको पार्टीले ५० प्रतिशत मतका साथ बहुमत प्राप्त गरेको छ।

यो समर्थन अघिल्लो निर्वाचनको भन्दा केही कम भएको बीबीसीले जनाएको छ। सन् २०१६ मा पुटिनको पार्टी युनाइटेड रसिया पार्टीले ५४ प्रतिशत मत प्राप्त गरेको थियो।
निर्वाचन आयोगका अनुसार विपक्षी दल कम्युनिस्ट पार्टीलाई १९ प्रतिशत मत प्राप्त भएको छ। युनाइटेड रिसियाको बहुमतको अर्थ संसद्मा रहेको ४५० सिटमध्ये करिब दुई तिहाइ बहुमत प्राप्त गरेको छ।
निर्वाचनको अन्तिम नतिजा भने शुक्रबार प्रकाशित गरिने जनाएको छ ।