× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १५११ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १६८९

    ३ वर्ष पहिले

    भदौ-३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ११ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ७० हजार १ सय ७६ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार २ सय ८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४० लाख ६८ हजार ५ सय ९१ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ७१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ४६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख २८ हजार ४ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ सय ७२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २४ हजार २ सय २२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ५ सय ५० रहेको छ।

    २४ घण्टामा १ हजार ६ सय ८९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ४५ हजार २ सय १५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.६३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ११ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय २० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४ सय ७ जना र भेन्टिलेटरमा १ सय २८ जनाको उपचार भईरहेको छ ।