× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आईसीसी लिग–२ मा नेपालले अमेरिकालाई ५ विकेटले हरायो, सन्दिप भने सौरभ गांगुलीको विश्व कीर्तिमान बराबरी गर्न चुक्यो

    ३ वर्ष पहिले

    भदौ-२९, आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई पाँच विकेटले हराएको छ ।

    अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए ।

    बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई-दुई विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै दुई सय ३० रन बनायाे ।

    अमेरिकाका लागि माेनान्क पटेलले शतकीय पारी खेले । एक सय १४ बल खेलेका पटेलले एक छक्का र नाै चाैकाकाे मद्दतमा एक सय रन बनाएर आउट भए । बलिङतर्फ नेपालका विक्रम साेब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए ।

    बलिङतर्फ नेपालका विक्रम साेब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए ।

    यो खेलमा ८४ रनको योगदान दिएको कुशल भुर्तेल म्यान अफ दि म्याच घोषित भएको छ।

    यदि यो खेलमा सन्दीप लामिछाने म्यान अफ दि म्याच घोषित भएको भए ओडिआइ इतिहासमा लगातार चारपटक म्यान अफ दि म्याच चुनिएका भारतीय क्रिकेटका पूर्व कप्तान सौरभ गांगुली को विश्व कीर्तिमानसंग बराबरी हुन्थ्यो । जुन कीर्तिमान बनाउन सन्दिप लामिछाने चुकेको छ।

    नेपालले दोस्रो खेलमा मङ्गलवार ओमानसँग खेल्नेछ । यस्तै तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।