× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १६४० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २१६१

    ३ वर्ष पहिले

    भदौ-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ५९ हजार ५ सय ३४ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ७ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३९ लाख ९० हजार ५ सय ९९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ९९ हजार ७ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २७ हजार ६ सय ९० रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ७ सय ८९ रहेको छ।

    २४ घण्टामा २ हजार १ सय ६१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ३३ हजार १ सय ६१ हजार पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.२९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १० संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ८९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ५६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४ सय ८८ जना र भेन्टिलेटरमा १ सय ४० जनाको उपचार भईरहेको छ ।