× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना र केबुलकार भदाै २० गतेबाट संचालनमा आउने

    ३ वर्ष पहिले

    भदौ-१७, कोरोना भाइरसका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबलकार आउँदो भदौ २० गते आइतबार देखि पुनः सञ्चालनमा आउने भएको छ ।

    मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्जल शेरचनले दिएको जानकारी अनुसार कोरोनाका कारण तीन महिनादेखि बन्द रहेको मनकामना केबलकार यहिं भदौ २० गतेबाट सञ्चालनमा आउने भएको हो । काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो गरिसकेको र गोरखा, चितवन, तनहुँ लगायतका जिल्लामा निषेधाज्ञा खुकुलो गर्ने तयारी रहेकोले मनकामना केबलकार संचालन गर्ने लागेको महाप्रबन्धक शेरचनले जनाए ।

    स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्टाण्डर्ड अपरेटिंग प्रोसिज्युर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँदै केबलकार सेवा सञ्चालनमा आउनेछ । केबलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्नेछ र हात सेनिटाईजर गर्नुपर्नेछ । यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नुपर्नेछ ।

    संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसंग सम्झौता गरी सकेको हुँदा यात्रुले केबलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने छन् । त्यसैगरी, जनशक्तिलाई फेस सिल्ड, माक्स लगायतको स्वास्थ्य सुरक्षाको समेत प्रबन्ध गरेको छ । केबलकार सेवा सामान्यतया बिहान ९ बजे देखि सांझ ५ बजे सम्म मात्र सञ्चालनमा आउनेछ । साथै, केबलकार र परिसरलाई दैनिक रुपमा डिसइन्फेक्सन समेत गरिने छ ।

    केबलकार संचालनमा आउने भएतापनि हाल मनकामना मन्दिर भने भक्तजनहरूकाे लागी खुला नहुने मनकामना मन्दिरका मुल पुजारी इन्सान थापा मगरले हाइवे समाचारलाई बताउनु भयाे । नेपाल सरकारले निणर्य गरेपछि मात्र मन्दिर खुल्ने भएतापनि मन्दिरमा हुने नित्य पूजा लगाएतका दैनिक कार्यहरू नियमित नै भइ रहेकाे समेत उहाले जानकारी गराउनुभयाे ।

    केवुलकार खुलेसंगै मनकामना बजार पनि शुरक्षा मापदण्ड अप्नाएर खुल्ने जानकारी उधाेग बाणिज्य संघ मनकामनाका अध्यक्ष हरि श्रेष्ठले बताउनु भयाे । दर्शनकाे लागी आउने भक्तजनहरूकाे सेवाकाे लागी पनि बजार व्यवस्थित रूपले सञ्चालन गर्न लागेकाे र साथै बन्द सबै समस्याकाे हल नभएकाे र याे डेढ बर्षमा भएकाे व्यापार घाटा, आर्थिक मन्दि र बैंक लगाएतकाे समस्याले ग्रस्त व्यापारीक क्षेत्र अब बिस्तारै सुदृढ हुदै जाने कुरामा आफु आश्वस्त रहेकाे जानकारी समेत श्रेष्ठले गराउनु भयाे ।