× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन लगायत छिमेकी जिल्लामा लगातार भारी वर्षा भईरहेकोले सतर्कता अपनाउन चितवन प्रशासनको आग्रह

    ३ वर्ष पहिले

    भदौ-१३, शनिवार बेलुकी देखि चितवन लगायत छिमेकी जिल्लामा लगातार भारी वर्षा भइरहेकोले नदी खोलाहरुको सतह खतरा तह नजिक पुग्न लागेको हुनाले जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय प्रमुख प्रेमलाल लामिछानेले जारी गरिएको सूचनामा नारायणी, राप्ती, रिउमा लगायत ठूलासाना खोलाको पानीको सतह बढेको हुनाले सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरिएको छ ।

    लगातार वर्षाका कारण कटान, डुबान, बाढीपहिरो आउन सक्ने भएकाले उच्च जोखिममा रहेका बासिन्दाहरु सतर्कता अपनाइ जोखिमको अवस्था हेरी सुरक्षित स्थलमा जान आग्रह गरेको छ। यस्तै नदी तथा खोलाहरुमा पानीको सतह बढिरहँदा माछा मार्न, काठदाउरा बटुल्न वा पौडी खेल्न नजान सबैमा चितवन प्रशासनले आग्रह गरेको छ ।

    त्यसैगरी सम्भावित पहिरोको कारण राजमार्ग लगायतका सडक अवरुद्ध हुन सक्ने हुँदा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

    चितवनको जुनसुकै ठाउँमा मनसुनजन्य विपद्को कुनै घटना घटेमा वा घट्नसक्ने उच्च जोखिमको विश्वसनीयता प्राप्त भएमा तत्काल नजिकको सुरक्षा निकाय स्थानीय तह/ वडा कार्यालय वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (९८४४२०८८८८) मा जानकारी गराउन अनुरोध गरिएको छ ।