× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    माधवको एकीकृत समाजवादी र महन्थको लोसपाले पाए दल दर्ताको प्रमाणपत्र

    ९ भाद्र २०७८, बिहीबार

    ९ भाद्र २०७८, बिहीबार

    भदौ-१०, निर्वाचन आयोगले नवगठित दुई दल माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी (एस) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) दुवै दललाई दल दर्ताको प्रमाणपत्र दिएका छन् ।

    आयोगका अनुसार दुई दलले पेस गरेको प्रमाण अध्ययनपछि आयोगले दलका प्रतिनिधि बोलाएर दल दर्ताको प्रमाणपत्र प्रदान गरेको गरेको हो।

    आयोगमा एकीकृत समाजवादी पार्टी १६६ औँ नम्बरमा दर्ता भएको छ। यो दलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा रहेको छ।

    लोकतान्त्रिक समाजवादीको दर्ता नम्बर १६७ रहेको छ । यो दलको केन्द्रीय कार्यलय बबरमहल काठमाडौंमा रहेको छ ।