× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा भदौ २० गते सम्मको लागि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    भदौ-९, जिल्ला प्रशासन कार्यालय चितवनले केही खुकुलो बनाउँदै भदौ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।

    प्रशासन कार्यालयले यस अघि जारी गरेको निषेधाज्ञाको केही बुँदाहरुलाई परिमार्जन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो। जिल्ला स्थित सबै सरकारी कार्यालयहरुको सेवा प्रवाह भीडभाडको अवस्था मुल्यांकन गरि बार र स्थानिय तह/वडा अनुसार आलोपालो संचालन गरिने जनाएको छ ।

    इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, भाँडा पसल, कपडा पसल, फेन्सी, कस्मेटिक तथा गिफ्ट, डिपार्टमेन्टल, सुनचाँदी, फर्निचर तथा फर्निसिङ, अटोमोबाइल्स, टेलरिङ, जुत्ता(चप्पल, पुस्तक तथा स्टेशनरी, निर्माण सामग्री र खाजाघर, रेष्टुरेन्ट तथा मिठाइ पसल दैनिक दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने पाइने जारी आदेशमा उल्लेख छ।


    ठेला तथा फुटपाथ पसल, सपिङ महल, स्ट्रिट फुड पसल, सैलुन, व्यूटीपार्लर सञ्चालनमा रोक लगाइएको छ ।खाद्यान्न, तरकारी, फलफूल, डेरी, पोल्ट्रीजन्य पसल, एग्रोभेट, रासायनिक मल, पूजा सामग्री पसलहरू दैनिक बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ भने दूध डेरी बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

    संक्रामक रोगको समस्याबाट बच्न यसअघि नै जारी गरिएका स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ। निषेधाज्ञाको उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने प्रशासनले जनाएको छ।