× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बाबुको स्मृतिमा छोराहरुले मुग्लिनमा निर्माणाधीन भिमसेन मन्दिरको लागि गरे आर्थिक सहयोग

    ३ वर्ष पहिले

    भदाै-४, चितवनको इच्छाकामना गाउँपालिकाका वडा नम्बर ५ मुग्लिनमा निर्माणाधीन भिमसेन मन्दिरको लागि बाबुको स्मृतिमा छोराहरुबाट रु २५ हजार सहयोग प्रदान गरेको छ ।

    स्वर्गीय चेतनारायण श्रेष्ठको स्मृतिमा छोराहरु गणेश श्रेष्ठ(नारायणगढ), हेमबहादुर श्रेष्ठ (जर्मनी) र राजु श्रेष्ठ (अष्ट्रेलिया) को तर्फबाट आमा मायादेवी श्रेष्ठले मन्दिर निर्माण समितिका अध्यक्ष कुमार श्रेष्ठ नेवालाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

    चेक हस्तान्तरणको अवसरमा दाताको तर्फबाट आमा मायादेवी श्रेष्ठ, छोरा गणेश श्रेष्ठ, बुहारी सरस्वती श्रेष्ठ र नाति निशान्त श्रेष्ठ उपस्थित थिए भने अन्य उपस्थितिमा मन्दिर निर्माण समितिका अध्यक्ष कुमार श्रेष्ठ नेवा, इच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजु, समाजसेवी कुमार श्रेष्ठ, नेवार गुठी समाजका पदाधिकारी तथा मन्दिर निर्माण समितिका सदस्यहरु उपस्थिति रहेका थिए ।