× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जनता समाजवादी पार्टीपनि विधिवत रूपमा विभाजित

    ३ वर्ष पहिले

    भदय-२, जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि विधिवत रूपमा विभाजित भएको छ ।

    सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेर अध्यादेश ल्याएसँगै महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गराएका छन् ।ठाकुरले बुधवार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएको हुन् ।

    साइकल छाप चुनाव चिह्न राखेर महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । नयाँ दलमा ठाकुर मात्र एकल अध्यक्ष रहने छन् भने राजेन्द्र महतोलाई वरिष्ठ नेता राखिएको छ ।

    जसपा (लोकतान्त्रिक) को कार्यकारिणी सदस्यमा कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई समेत समावेश गरिएको छ । दल दर्ताका लागि निवेदन दिनुअघि ठाकुर पक्षले कारागार कार्यालय डिल्लीबजारमै पुगेर हस्ताक्षर सनाखत गराएको थियो ।