× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नौविसे-नागढुङ्गा सडकखण्ड पहिरोका कारण अवरुद्ध

    ३ वर्ष पहिले

    भदौ-२, त्रिभुवन राजपथ अन्तर्गत नौविसे नागढुङ्गा सडक खण्डको सिस्ने खोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

    निर्माणधीन अवस्थामा रहेको नागढुङ्गा सिस्ने खोलामा रहेको सुरुङ्ग मार्ग निर्माणका क्रममा सडक फराकिलो पार्न डाँडा काट्दा खसेको पहिरोले सो सडक अबरुद्ध भएको हो ।

    सडक अवरुद्ध भएका कारण राजधानी प्रवेशका लागी विभिन्न जिल्लाहरुबाट आएका सवारीका साधनहरु अलपत्र अवस्थामा रहेको छ । सडक खुलाउने प्रयास भई रहेको भएपनि पहिरो ठुलो भएकाले गर्दा खुलाउन नसकिएको ईलाका प्रहरी कार्यालय खानीखोला ले जानकारी दिएको छ ।