× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजदेखि झनै कडा लकडाउन, अवज्ञा गर्नेलाई कडा कर्वाही गरिने ।

    ३ वर्ष पहिले

    भाद्र १, मुग्लिन ।

    कोभिड–१९ सङ्क्रमण तेस्रो लहर शुरु भए संगै नियन्त्रणभन्दा बाहिर जान नदिन चितवनमा विहानै देखि लकडाउन कडा बनाएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको आदेश अनुसार जिल्लाको एकमात्र गाउपालिका इच्छाकामनामा इलाका प्रहरी कार्यालय मुग्लिनले आज विहान देखि होटल, रेष्टुरा, इलेक्ट्रिक पसल आदि बन्द गराएका छन् । प्रहरीले पालिका भित्रका खाद्यान्न, तरकारी, फलफुल विक्री गर्ने पसलहरु हरेक विहान १० बजे सम्म र होटल रेष्टुरा भने हरेक दिन मध्यान्नको १२ बजे देखि बेलुकी ६ बजे सम्म मात्र खोल्न पाइने जनाएको छ । त्यस्तै इलेक्ट्रिक पसल, भाडा पसल, कपडा पसल, कस्मेटिक पसल, सुनचादी पसल, फर्निचर पसल, टेलरीङ्ग पसल, हार्डवयर पसलहरु भने आइतबार, मंगलबार र विहिबार दिउसो १२ बजे देखि बेलुकी ६ बजे मात्र खोल्न पाइने मुग्लिन प्रहरीले सुचना जारी गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले २०७८ श्रावण ३२ गते राति १२ बजे देखि भाद्र १० गते राति १२ बजे सम्म जारी गरेको आदेशको सम्पुर्ण पालिकावासीहरुले पूर्ण पालना गर्न अनुरोध गर्दै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक सुर्य बहादुर रानाले निशेधाज्ञाको उल्लघन गरेको पाइएमा कानुन अनुसार कडा कार्वाही गरिने चेतावनी समेत दिएका छन् ।