

२६ श्रावण २०७८, बुधबार
साउन-२७, कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार पुन सम्हालेका छन्।यस अघि कुलमानले चार वर्ष विद्युत् प्राधिकरणमा काम गरेर २८ भदौ ०७७ मा बिदा भएको थियो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो। आज ऊर्जामन्त्रीबाट नियुक्तिपत्र बुझेपछि उनले पदबहाली गरेका हुन्।

उनी कार्यालय पुग्दा कर्मचारीहरूले भव्य स्वागत गरेका थिए। प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय गर्दै घिसिङलाई प्राधिकरणमा नियुक्त गरिएको थियो।