× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजको मौसम: धेरै स्थानमा वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    साउन-२५, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा धेरैजसो स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहेको छ।देशभर केही स्थानहरुमा हल्का वर्षाको भईरहेको छ।

    महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १ , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।

    यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    मौसम महाशाखाले आगामी २४ घण्टाका लागि जारी चेतावनीमा भनिएको छ– देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।