× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    साउन २३ देखि २९ गतेसम्म ‘नेपाल माक्स अभियान’ मनाईने

    ३ वर्ष पहिले

    साउन-२२, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले साउन २३ गतेदेखि २९ गतेसम्म ‘नेपाल माक्स अभियान’ सञ्चालन गर्ने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले कोभिड-१९ को बढ्दो संक्रमण तथा जोखिम यथावतै रहेको अवस्थामा सबै नागरिकहरूलाई सही तरिकाले माक्स लगाउने व्यवहारलाई प्रवर्धन गरी सामाजिक उत्तरदायित्व बोध गराए कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा जिम्मेवारी बनाउन, माक्स प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन र उत्प्रेरित गर्न देशभरि नै साउन २३ गतेदेखि २९ गतेसम्म ‘नेपाल माक्स अभियान’ आयोजना गर्न लागिएको सुचनामा जनाएको छ।

    ‘नेपाल माक्स अभियान’ सञ्चालनका लागि सातै प्रदेश, प्रदेश स्वास्थ्य निर्देशनालय, सबै स्वास्थ्य कार्यालय तथा स्थानीय तहलाई उपलब्ध स्रोत साधनको उपयोग गरी आफ्नो स्थानमा सो अभियान मनाउन समेत अनुरोध गरेको छ।