× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    दुई मुक्तक

    ३ वर्ष पहिले

    तेजविलास

    १)
    फुलेको वालीलाई बतासले बिगार्छ
    जित्ने धावकलाई अत्यासले बिगार्छ
    बिगार्ने तत्व अन्तर वा बाह्य हुन्छ नै
    बिग्रेको देश खै अब कसले सिगार्छ।

    २)
    दिनदिनै गरिब हुदै जानुको कारण छ
    प्रतिदिन जनले हरेश खानुको कारण छ
    कारण बिना कार्य कहाँ हुन्छ र हजुर ?
    सफा पोसाकमा सपथ खानुको कारण छ ।