× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४१०७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १५३५

    ३ वर्ष पहिले

    साउन-२०,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ६९ हजार ९ सय २२ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ३ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ९ सय ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३६ लाख ४४ हजार ४ सय ७२ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ३६ हजार ८ सय २३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३० हजार २ सय ७० रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार १ हजार ९४ रहेको छ।

    २४ घण्टामा १ हजार ५ सय ३५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ६१ हजार ६ सय ५१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.९३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३५ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ७८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय १४ जना र भेन्टिलेटरमा १ सय ५६ जनाको उपचार भईरहेको छ ।