× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३१२५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १९२५

    ३ वर्ष पहिले

    साउन-१८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ६२ हजार ४ सय ३२ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ६ सय १३ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय ७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३६ लाख २२ हजार ४ सय ८० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार १ सय ९८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ४६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख २५ हजार ७ सय ९९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २८ हजार ४ सय ५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार २ सय २४ रहेको छ।

    २४ घण्टामा १ हजार ९ सय २५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २३ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ६८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ९० जना र भेन्टिलेटरमा १ सय ७५ जनाको उपचार भईरहेको छ ।