× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    बागलुङमा बस दुर्घटना, ११ जना घाइते

    ३ वर्ष पहिले

    बागलुङ । बाग्लुङ जिल्लाको पश्चिम गलकोटमा बस दुर्घटना हुँदा बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएका छन्। बा ५ ख १५५३ नम्बरको बस काठमाडौंबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको अवस्थामा सोमबार बिहान मध्यपहाडी लोकमार्ग अन्तर्गत गलकोट नगरपालिका १ चौराहमा दुर्घटना भएकाे हाे। सवार मध्ये १० जना सकुशल छन्।  

    दुर्घटनामा परी गुल्मीको सोही गलकाेटका ३० वर्षिय तारा  थापा सहित मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ की तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भइ हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना घाइते भएका श्राेतले जानकारी गराएका छन्। 

    घाइते सबैलाई धौलागिरी अस्पताल बागलुङ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए। बसको ब्रेक फेल भइ सडकको कुनामा ठक्कर खाएको समेत जानकारी गराउनु भयाे। बस चालक चित्रबहादुर खड्कालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।