× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

    १६ श्रावण २०७८, आईतवार

    १६ श्रावण २०७८, आईतवार

    साउन-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारी, अध्ययन लगायत अरु काममा विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ ।

    खोप लगाएको प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मीनभवन, पाटन अस्पताल लगनखेल र सशस्त्र प्रहरी अस्पताल बलम्बुले साउन ७ गतेको मन्त्रालयको निर्णयले अनुमति पाएको थियो।

    निःशुल्क खोप प्रमाणीकरण गर्ने निर्देशन हुँदा पनि केही अस्पतालहरुले शुल्क लिने गरेको गुनासो प्राप्त भएको भन्दै त्यसो नगर्न मन्त्रालय अन्तर्गत स्वास्थ्य समन्वय महाशाखाले आइतबार सूचना जारी गरेको छ ।