× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मदन पुरस्कार २०७७ को लागि नौ वटा पुस्तक छनौट

    ३ वर्ष पहिले

    साउन-१५,मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’का लागि नाै पुस्तक छनौट गरेका छन् ।

    देशैभरबाट प्राप्त दुई सय २२ पुस्तक मध्ये बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्नुपर्नेमा छनौट समितिले मदन पुरस्कारका लागि ९ वटा पुस्तक मात्र छनौट गरेका हुन् ।

    गुठीले शुक्रबार सार्वजनिक गरेको यो सूचीमध्ये एक पुस्तकले ‘मदन पुरस्कार २०७७’ प्राप्त गर्नेछ । उक्त सूचीमा एकलव्यको देब्रे हात, ‍करिया, कल्प-ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिंगाे, फुलांगे, मोक्षभूमि, रमिते, लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह रहेका छन् ।