× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी टिकटक भिडियो बनाउने एक जना पक्राउ

    ३ वर्ष पहिले

    साउन-१०, राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी टिकटक भिडियो बनाउने एक जना पक्राउ परेका छन्।

    फोटो दुरुपयोग गरी टिकटक भिडियो बनाएर राष्ट्रपती तथा प्रधानमन्त्रीको चरित्रहत्या गर्ने झापा जिल्ला मेचीनगर नगरपालिका वडा नम्बर ६ का सोम प्रसाद घिमिरेलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा साउन ८ गते पक्राउ गरेको हो।

    पक्राउ परेका घिमिरेलाई विद्युतिय कारोवार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौ जिल्ला अदालतबाट आदेश लिई २०७८/४/८ गते सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय , साईबर ब्युरोका प्रवक्ता एवं सूचना आयोग अधिकारी नविन्द्र अर्यालले जनाएका छन् ।