× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पार्टी भित्रबाट मन्त्री छान्न नसकेर प्रचण्ड तनावमा

    ३ वर्ष पहिले

    साउन-९, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री छान्न हैरानी र तनाव भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

    शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा बोल्दै प्रचण्डले सरकार विस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको बताएका हुन् ।

    पार्टीका धैरै नेताहरु आकांक्षी भएपछि प्रचण्डले आफूलाई अप्ठ्यारो परेको र माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताए ।

    पार्टीभित्रका ४९ जना सांसद सबैलाई मन्त्री चाँहिएको भन्दै उनले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो गरे । कुरा आदर्शको गर्ने तर पदका लागि जे पनि गर्ने प्रवृतिलाई अब अन्त्य गर्नुपर्ने उनले बताए। ‘अहिले मन्त्री बन्ने आकांक्षीहरूको हुल आइरहेको छ, आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउन कसलाई नबनाउने ?’